'सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ' | Khabarhub Khabarhub

‘सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ’


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी शान्तिसुरक्षा चुस्तदुरुस्त एवं प्रभावकारी बनाउने काममा सहयोग गरिदिन जिल्लाबासीसँग अनुरोध गरेको छ । 

जिल्लास्थित अगुवा एवं सक्रिय पत्रकारसँगको भेटघाटका अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सुरक्षा व्यवस्था सुनिश्चित गरी भयरहित वातावरणबीच प्रतिनिधिसभाको निर्वाचन सफल बनाउने काममा जुटेको प्रशासन संयन्त्रलाई साथ दिन सम्बद्ध सबैसँग आह्वान गरेका हुन् ।

उनले जिल्लाको शान्तिसहित सुरक्षा अमनचयन कायम गर्न अहोरात्र खटिरहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र नेपाली सेनालगायतका सुरक्षा निकायलाई सहयोग गर्न पनि उनले अनुरोध गरे।

नेपाल सरकारको नीति तथा निर्देशनबमोजिम विकृति, विसङ्गति एवं भ्रष्टाचार अन्त्य गरी मुलुकमा सुशासन कायम गर्दै निर्वाचनमैत्री सुरक्षाव्यवस्थासहित उल्लासमय वातावरणबीच घोषित मितिमा निर्वाचन गराउने काममा सरोकार भएका सबै क्षेत्रबाट साथसहयोग प्राप्त हुने विश्वास व्यक्त गरे 

सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘पारदर्शी ढङ्गबाट कामकाज गरी सुशासन कायम गर्ने र जनतालाई छिटोछरितो रुपमा सेवा प्रदान गर्ने, लागूऔषध ओसारपसार नियन्त्रण, यातायात तथा फोहोर व्यवस्थापनलगायतका गुनासो सम्बोधनका सवालमा अहोरात्र खटिएर सकारात्मक परिणाम दिनेछु । यसतर्फ आमसञ्चारकर्मीसहित जिल्लाबासीबाट पनि सहयोगको अपेक्षा गरेको छु ।’
 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : ०५ बजे

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा