गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन | Khabarhub Khabarhub

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ । हिउँदे र बर्खे गरी यहाँ ५१ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

यहाँ दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी धनश्याम बरालले जानकारी दिए। विगतमा निर्वाहमुखी खेतीमा सीमित किसानहरू अहिले व्यावसायिक रूपमा आलु खेतीमा लाग्न थालेका उनले बताए।

‘जिल्लामा पछिल्लो समय व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ’ उनले भने,’गत वर्ष भोजपुरमा ५१ हजार मेट्रिक टन भन्दाबढी आलु उत्पादन भएको थियो । आलु किसानको राम्रो आम्दानीको श्रोत बनेको छ ।’

ज्ञान केन्द्रले उन्नत जातको बीउ वितरणसँगै विभिन्न ठाउँमा आलु पकेट क्षेत्र निर्धारण गरेर प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।  जिल्लामा वर्खे आलुको उत्पादन बढी हुने गरेको किसानको भनाइ छ । ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि उत्पादित आलु बेचविखन गर्न सहजता भएको टेम्केमैयुङ– ५ मझौलेका किसान धनराज राईले बताए। सडकका पहुँचका कारण अहिले आलु किन्न ठेकेदारहरू गाडी लिएर घरमा नै आउने गरेको उनको भनाइ छ 

‘पहिले बेचविखन गर्न निकै समस्या थियो’ उनले भने,’पिठ्यूँमा बोकेर बेँसीसम्म लगेर र धानसँग सटही गथ्र्यौं। तर सडक विस्तार भएपछि अहिले ठेकेदारहरू गाडी लिएर घरमै आउँछन्।’

उनका अनुसार, सडक पुगेसँगै किसानले उत्पादनको मूल्य समयमै पाउने र बजारसम्म सहज पहुँच बनेपछि आलु खेतीप्रति अझ आकर्षित भएका छन् । 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : २५ बजे

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कसल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै