दीपक खड्का भन्छन् : चुनावअघि महाधिवेशन हुँदैन, आगामी जेठमा गरौँ « Khabarhub

दीपक खड्का भन्छन् : चुनावअघि महाधिवेशन हुँदैन, आगामी जेठमा गरौँ


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता खड्काले विस २०८३ जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी पार्टी अघि बढ्नुपर्ने बताए ।

‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,’ उनले भने ।

उनले नेपाल एक सनातन वैधिक, धार्मिक राष्ट्र भएकाले राष्ट्रको पनि धर्म हुनुपर्ने विधानमा नै लेखिनुपर्ने बताए ।

नेता खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने नागरिक असुरक्षित हुने र लोकतन्त्र नै समाप्त हुने हुँदा सबै कुरा बिर्सेर पार्टीभित्र एकता कायम गर्नुपर्ने बताए ।

उनले सबै केन्द्रीय पदाधिकारी समेत वुथबाट प्रतिनिधी भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्ने, पार्टीको विधानलाई समयानूकुल बनाउन एक विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : ४५ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार