कन्नड सिनेमाका अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन « Khabarhub

कन्नड सिनेमाका अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कन्नड फिल्म उद्योगका प्रख्यात अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लडिरहेका हरिशको उपचारको क्रममा बेंगलुरुस्थित किदवई अस्पतालमा बिहीबार मृत्यु भएको हो।

करिब तीन दशकसम्म कन्नड सिनेमामा आफ्नो प्रभावशाली अभिनयले दर्शकहरूको मनमा छाप छोडेका रायले खलनायकदेखि भावनात्मक बुबा-छोरा पात्रसम्म विविध भूमिकामा आफ्नो छाप छोडेका थिए। उनको करियर कन्नड सिनेमाको स्वर्ण युगमा सुरु भएको थियो। सन् १९९० को दशकमा रिलिज भएको सुपरहिट फिल्म ‘ओम’ मा  ‘डन रोय’ को भूमिकाले उनलाई घर घरमा चिनाएको थियो।

हरिशले तमिल र कन्नड भाषाका ६० भन्दा बढी फिल्महरूमा अभिनय गर्दै दर्शकहरू माझ आफ्नो अभिनयको दाबी प्रस्तुत गरे। विगत केही वर्षदेखि गम्भीर बिरामी रहेका हरिशका लागि महँगा इन्जेक्सन र उपचार खर्च धेरै थिए, तर उनले चलचित्रको लागि आफ्नो जोश र प्रतिबद्धता कहिल्यै घटाएनन्।

उनको करियरको दोस्रो शिखर ‘केजीएफ : च्याप्टर १’ र ‘केजीएफ : च्याप्टर २’ मार्फत आएको थियो। प्रशान्त नील निर्देशित र यश अभिनीत ब्लकबस्टर फिल्ममा उनले ‘चाचा’ को भूमिका निभाउँदै दर्शकहरूको मन जितेका थिए। यस भूमिकाले उनको करियरमा नयाँ जीवन ल्यायो र उनलाई पुनः लोकप्रियता दिलाएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : १६ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने