रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश « Khabarhub

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार पूर्वडीआईजी छविराज जोशीको मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइल झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासले दुवैजनाको मुद्दामा जिल्लाको मिसिल झिकाउन आदेश गरेको हो ।

रविले यसअघि आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊ भन्ने निवेदन दिएका थिए । त्यही निवेदनमा सुनुवाइका क्रममा उच्चले यो आदेश दिएको हो ।

मुद्दाको सुनुवाइको क्रममा सुरुमा छविललालका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मुद्दाको मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएर मात्रै अर्को पेशी चढाउन भनेकाथिए ।

त्यसपछि रविका कानून व्यवसायीले बहस गर्नै नपाई यसअघिको सुनुवाइ रोकिएको थियो । कात्तिक १३ गतेको पेशी रोकिएपछि बिहीबार अर्को सुनुवाइ भएर आदेश आएको हो ।

यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : २७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते