रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश « Khabarhub

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार पूर्वडीआईजी छविराज जोशीको मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइल झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासले दुवैजनाको मुद्दामा जिल्लाको मिसिल झिकाउन आदेश गरेको हो ।

रविले यसअघि आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊ भन्ने निवेदन दिएका थिए । त्यही निवेदनमा सुनुवाइका क्रममा उच्चले यो आदेश दिएको हो ।

मुद्दाको सुनुवाइको क्रममा सुरुमा छविललालका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मुद्दाको मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएर मात्रै अर्को पेशी चढाउन भनेकाथिए ।

त्यसपछि रविका कानून व्यवसायीले बहस गर्नै नपाई यसअघिको सुनुवाइ रोकिएको थियो । कात्तिक १३ गतेको पेशी रोकिएपछि बिहीबार अर्को सुनुवाइ भएर आदेश आएको हो ।

यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : २७ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट