रास्वपा विस्तारित बैठक : चार प्रतिवेदन पेश हुने « Khabarhub

रास्वपा विस्तारित बैठक : चार प्रतिवेदन पेश हुने


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक भोलिबाट सुरु हुने भएको छ। चितवनको सौराहामा गर्ने भनिएको बैठक भोलिबाट सुरु हुन लागेको पार्टी नेता विराजभक्त श्रेष्ठले बताए । श्रेष्ठले दुई दिने बैठकले आगामी पार्टीको रणनीति र कार्यदिशा स्पष्ट रुपमा तयार गर्ने दाबी समेत गरे। 

श्रेष्ठका अनुसार बैठकमा चारवटा प्रतिवेदन पेश हुने भएका छन् । जसमा पार्टी सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। यस्तै निर्वाचन घोषणापत्र उपसभापति स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन्। पार्टीको साङ्गठनिक प्रतिवेदन महामन्त्री कविन्द्र बुर्लाकोटी र उम्मेदवार चयन विधिको प्रतिवेदन सहमहामन्त्री विपिन आचार्यले प्रस्तुत गर्ने श्रेष्ठको भनाइ छ । 

‘मुख्यतया चारवटा प्रतिवेदन पेश हुन्छन् त्यसमाथि घनिभूत छलफल भएर आगामी कार्यदिशा तयार गरिनेछ। पार्टीको पहिलो महाधिवेशनका विषयमा पनि व्यापक छलफल हुन्छ।’ श्रेष्ठले खबरहबलाई भने, ‘राजनीतिप्रतिवेदन र लगायत अन्य प्रतिवेदनहरूको बीचमा केन्द्रीय समिति सदस्यले आफ्ना धारणा राखेर घनिभूत छलफल हुन्छ र सर्व समितिमा पास हुने वातावरण बन्छ।’

पार्टी प्रवक्ता मनिषाका अनुसार भोलिबाट सुरु हुने विस्तारित बैठकको सम्पूर्ण तयारी पूरा भएको छ। नेताहरूका अनुसार भोलि र पर्सिमा बैठक नसकिए आइतबार पनि बैठक बस्ने बताइएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन पहिलो साता पार्टीको पहिलो महाधिवेशन घोषणा गर्ने निर्णय गरेको थियो। तर फागुन २१ गते निर्वाचन हुने भएपछि राजसपाको पहिलो महाधिवेशन निर्वाचन अगाडि नहुने सम्भावना छ। 

यता कार्यवाहक सभापति डीपी अर्याल सम्पूर्ण प्रतिवेदनहरू तयार भएर छपाईको काम भइरहेको जानकारी गराउँछन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : २३ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा