चिच्च्याएर वर माग्ने पाल्पाको सत्यवती मेला (तस्बिरहरू) « Khabarhub

चिच्च्याएर वर माग्ने पाल्पाको सत्यवती मेला (तस्बिरहरू)


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलामा ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिँगो तालको छेउमा गाड्ने, पूजा गर्ने र चिच्च्याएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ ।

पाल्पाको कोलडाँडास्थित सत्यवती तालमा लागेको ५ दिने मेला अन्तर्गत अन्तिम दिन बुधबार अत्यधिक भीड लागेको थियो । मेला १५ गतेदेखि नै चले पनि मंगलबार बेलुकीदेखि बुधबार बेलुकीसम्म श्रद्धालुको भीड लागेको थियो । यहाँको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार २४ घण्टामा १ लाख ५० हजार भन्दा बढी श्रद्धालुले यसपटक सत्यवती बज्यैको दर्शन गरेका छन् ।

सत्यवती मेलामा पाल्पाबाहेक छिमेकका रुपन्देही, कपिलवस्तु, नवलपुर, अर्घाखाँची, स्याङ्जा साथै कास्की, बुङ्लुङ्ग, काठमाडौ, तनहुँ, चितवनबाट श्रद्धालु आउने गर्छन् ।

यसबाहेक छिमेकी मुलुक भारतका गोरखपुर, सुनौली, नौतुना, बस्ती, नौगढसम्मबाट सत्यवती ताल र यहाँ रहेकी बहिरी बज्यैको दर्शन गर्न, मेला भर्न र भाकल पूराहुनेहरू भाकल अनुसारको बोका, कुखुरा लिएर आउने गर्छन् ।

धार्मिक पर्यटकीय स्थल सत्यवती तालमा कान कम सुन्ने बज्यै भएको र चिच्च्याएर वर माग्दा पुग्ने जनविश्वास रहेको छ । तालको वरपरको क्षेत्रमा बज्यै उत्पत्ति भएको विश्वास छ । कानले नसुन्ने भएकाले बज्यैलाई चिच्याएर वर माग्ने चलन रहेको जनविश्वास छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : ५२ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका