नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले « Khabarhub

नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भइसकेको अवस्थामा माधवकुमार नेपालले ६ जना नेतामाथि कारबाही गरेका छन् ।

नेपालले पार्टी निर्णय उल्लङ्घन गरेको आरोपमा समाजवादी पुनर्गठन अभियान चलाइरहेका महासचिव घनश्याम भुसाल र पूर्व मन्त्री रामकुमारी झाँक्रीसहित ६ जनालाई साधारण सदस्यबाटै निष्कासन गरेका हुन् । बुधबार मात्रै १० दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ।

पार्टी केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टी विधानको धारा १२१(२) अनुसार उनीहरूलाई पार्टी सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही व्यक्तिहरुले पार्टी केन्द्रीय कमिटीको कार्तिक १२ देखि १४ गतेसम्म सम्पन्न बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्ने भन्ने निर्णयको उल्लङ्घन गरी भेला तथा पत्रकार सम्मेलनजस्ता गतिविधि गरेका छन्।’

विज्ञप्तिमा पार्टी निर्णयविपरीत गतिविधिमा संलग्न भएकाले घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई निष्कासन गरिएको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अब कुनै पनि व्यक्तिले हाम्रो पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा अन्य गतिविधि गरेमा कारवाही गरिनेछ।’

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : ०४ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको