नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी « Khabarhub

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औँ महाधिवेशन बृहत् दबाबमूलक भेलामा बोल्दै उनीहरूले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रित गर्नुपर्ने समयमा विशेष महाधिवेशन गर्ने प्रस्तावको कुनै औचित्य नभएको बताएका हुन् । 

उनीहरूले केन्द्रमा पहिले नै पदको बाँडफाँड गरेर विशेष महाधिवेशनको प्रस्ताव ल्याएको आरोप समेत लगाएका छन् ।

कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कांग्रेस एक भएर अघि बढ्नुपर्ने समयमा दुई ध्रुवमा विभाजन हुने अवस्थाको पार्टीले मूल्याङ्कन गर्न जरुरी रहेको बताए ।

उनले अहिले महाधिवेशन गरेर पार्टी बनाउनुभन्दा देश बनाउन जरुरी रहेकाले निर्वाचनलाई सफल बनाउन ध्यान दिनुपर्ने उल्लेख गरे । निर्वाचन सम्पन्न भएपछि नियमित रूपमा महाधिवेशनमार्फत पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए ।

उनले केन्द्रीय समितिले गलत निर्णय गरे परिणाम कसैको लागि पनि राम्रो नहुने धारणा राखे ।  त्यस्तै कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टी महामन्त्रीले सामाजिक सञ्जालबाट महाधिवेशनका बारेमा भ्रम छर्न खोजेको आरोप लगाए । उनले कसैले दबाब दिएकै आधारमा पार्टीलाई नियमित महाधिवेशनबाट छेक्न नसक्ने जिकिर गरे ।

कांग्रेसभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्ने विषयमा विवाद छ । विवादकै बीच विभिन्न पक्षधरले छुट्टाछुट्टै भेला समेत गरिरहेका छन् । 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : १४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान