सुदूरपश्चिम रोयल्सको ‘कन्फिडेन्स’ पार्टनर बन्यो फोलिड्रम « Khabarhub

सुदूरपश्चिम रोयल्सको ‘कन्फिडेन्स’ पार्टनर बन्यो फोलिड्रम


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोलिड्रम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्ससँग ‘कन्फिडेन्स’ पार्टनरका रूपमा जोडिएको छ । यससम्बन्धी सम्झौता फोलिड्रम र सुदूरपश्चिम रोयल्सबीच बिहीबार सम्पन्न भएको हो । 

सम्झौतापत्रमा फोलिड्रमकी चिफ कमर्सियल अफिसर (सीसीओ) पल्लवी बाजोरिया र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हस्ताक्षर गरे ।

सम्झौतापछि सुदूरपश्चिमका सीईओ प्रकाश खड्काले देशकै ठूलो कपाल प्रत्यारोपण सेवा प्रदायक फोलिड्रमसँग सहकार्य गर्न पाउँदा टिमलाई थप ऊर्जा मिल्ने बताए । 

उनले भने, ‘देशकै ठूलो कपाल प्रत्यारोपण गर्ने फोलिड्रमसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ । यसले मैदानमा पनि ‘कन्फिडेन्स’ बढाउने छ ।’

यसैगरी, बाजोरियाले ‘कन्फिडेन्स’ पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताइन् । उनले यो सहकार्यले फोलिड्रमलाई काठमाडौँ बाहिर विस्तार हुन पनि ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ३४ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ