नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस | Khabarhub Khabarhub

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार सेनाले राष्ट्र सङ्घको ८०औँ स्थापना दिवस मनाएको हो । 

कार्यक्रममा सेनाले शान्ति स्थापनार्थ आपतकालिन अवस्थामा उद्धार, पुनः स्थापना, सुरक्षित स्थानान्तरण, प्राथमिक उपचारजस्ता विषयमा प्रस्तुतीकरण गरेको थियो । 

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रमासमेत पहिलो स्थानमा छ । 

संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय १९ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिकहरू घाइते भएका छन् ।

कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : २३ बजे

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)

अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा भारतको अग्रता

काठमाडौं – भारतले टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलियालाई ४८ रनले

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली – विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क

एक थोपा रगत नबग्ने र एकजना घाइते नहुने गरी चुनाव गराउने प्रयासमा छु: प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र