मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस : सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन « Khabarhub

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस : सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । सिंगल्सको यु–८ ब्वाइजमा सर्वज्ञ र गल्र्समा स्वर्णिमा तथा यु–१० गल्र्समा निम्ति पहिलो भएका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सर्वज्ञले गगन श्रेष्ठलाई १०–७ र १०–७, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०–६ र १०–७ तथा निम्तिले रजिशा जोशीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।

नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगितामा महिला सिंगल्सको उपाधिका लागि शिभाली गुरुङ र स्वस्तिका विष्ट भिड्ने भएका छन् । शिभालीले सुनिरा थापालाई ६–२ र ६–० तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई सीधा सेटमा ६–० र ६–२ ले हराए ।

पुरुष सिंगल्समा प्रदीप खड्काले आयुशमान हजुर घलेलाई ६–३ र ६–१, प्रणव मानन्धरले निहालजंगबहादुर थापालाई ६–० र ६–४, निसान श्रेष्ठले सक्षमविक्रम शाहलाई ६–२ र ६–० तथा राजवीर प्रधानले छेवाङ लामालाई ६–० र २–० (रिटायर्ड हर्ट) ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–९ ब्वाइज सिंगल्समा कायान चालिसेले सोनाम घलेलाई ४–२ र ४–० तथा सर्वज्ञले आयान पन्तलाई ४–० र ४–० ले पन्छ्याउदै फाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा निम्ति कुँवरले साहारा कायश्थलाई ४–० र ४–२ तथा अमिरा गुप्ताले हीरादेवी घलेलाई ४–० र ४–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१६ ब्वाइज सिंगल्समा असभसम्राट हाडाले सुरेन्द्र विकलाई ६–२ र ६–० तथा दर्शिल श्रेष्ठले साङ्गे रोकायालाई ६–३ र ६–० ले हराउदै फाइनलमा स्थान बनाए । यु–१० ब्वाइज सिंगल्समा कायान चालिसेले भिरल अग्रवालको चुनौती ६–२ र ६–४ ले समाप्त पार्दै फाइनल यात्रा तय गरे ।

यु–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसे, आरित मल्ल, सभ्यजंग कार्की र विश्वविशेष डल्लाकोटी सेमिफाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा सरा पन्तले स्वराह थापालाई ७–५, ६–७ र ६–३ तथा नाइरा घलेले अनुश्री ध्वजुलाई ६–३ र ६–४ ले हराउदै फाइनलमा पुगेका छन् ।

यु–१४ ब्वाइज सिंगल्समा साङ्गे रोका, आरित मल्ल, वेदान्त चालिसे र युभेनमान श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरे । उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, इरा खत्री, आयुशा जिसी र सरा पन्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ३२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका