निरंकुश र मूर्ख बन्दै गएको राज्यसत्तालाई झकझकाएर जेन-जी आन्दोलनले ठूलो गुन लगायो : विप्लव « Khabarhub

निरंकुश र मूर्ख बन्दै गएको राज्यसत्तालाई झकझकाएर जेन-जी आन्दोलनले ठूलो गुन लगायो : विप्लव


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुन सक्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित जनसभामा बोल्दै विप्लवले विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टिकरण गर्ने र देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुने बताएका हुन् । उनले अझै पनि सबै क्षेत्र वर्गका जनताले अग्राधिकार नपाएसम्म सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन नहुने जिकिर गरे ।

विप्लवले राज्यसत्ता जनताले बनाएपछि प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्ने बताए । कम्युनिष्ट एकताले नेपालमा सधैँ राम्रो गर्छ भन्ने नरहेको भन्दै बिचार नपुराए कम्युनिस्ट एकता निकै घातक हुने उनले बताए । त्यस्तै उनले मुलुकमा देखिएको बेतिथिको विरुद्ध लाग्नुपर्नेमा समाजवादी मोर्चाले त्यस्तो काम गर्न नसकेको स्वीकार गरे ।

उनले राज्यसत्ता निरंकुश र मूर्ख बन्दै गएको अवस्थामा त्यसलाई झकझकाएर जेन–जी आन्दोलनले ठूलो गुन लगाएको बताए । त्यसअघि नेकपाको विभिन्न स्थानबाट सुरु भएको र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ४३ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको