उसुको विकास र विस्तारका लागि सम्झौता « Khabarhub

उसुको विकास र विस्तारका लागि सम्झौता


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच संयुक्त रूपमा ३ वर्षको लागि उसु खेल विकास र विस्तारका गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा मार्सल आर्ट्स अर्गनाइजेसनका अध्यक्ष राजिव महर्जन र शिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मियाँङ उसु संघका महासचिव लि छिङले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा दुई पक्षबीच उसु खेलको विकासमा दुवै पक्षले एक आपसमा सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रममा मियाँङ नगरपालिकाका उप मेयर लि झिन, मियाँङ उसु संघका उपाध्यक्षको उपस्थित रहेको थियो ।

सम्झौता पत्रमा उसु खेलको प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ दुवै पक्षहरूले एक अर्काको देशमा उसु खेलको प्रशिक्षण गर्न/गराउन प्रत्येक वर्ष प्रतिनिधि पठाउने, उसु खेलको इतिहास, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्सा जस्ता विषयहरूमा गहन छलफल गर्न दुवै पक्षका विज्ञहरू र विद्वानहरूलाई बोलाउने, छोटो अवधिको लागि उसु शिक्षण र प्रशिक्षणको लागि उत्कृष्ट प्रशिक्षकहरूको आदानप्रदान गर्ने, दीर्घकालीन प्रशिक्षणको लागि आशाजनक खेलाडीहरू छनौट गरी प्रशिक्षण गराउन मियाँङ उसु संघले व्यावसायिक प्रशिक्षण स्रोतहरू र प्राविधिक मार्गदर्शन प्रदान गर्ने उल्लेख गरिएको छ ।

दुवै पक्षको प्रभाव बढाउन चीन–नेपाल मैत्रीपुर्ण उसु प्रतियोगिता तथा दुवै देशमा अन्तर्राष्ट्रिय उसु प्रतियोगिताहरूको आयोजना पालैपालो संयुक्त रूपमा आयोजना गर्ने र दुवै पक्षद्वारा आयोजित महत्त्वपूर्ण प्रतियोगिताहरूमा भाग लिन टोलीहरू पठाउन सहयोग गर्नुका साथै उक्त प्रतियोगिताका लागि आवश्यक उसु निर्णायकहरू व्यवस्थापनमा समेत साझेदारी गर्ने सहमति भएको बताइएको छ । 

उसु खेललाई खेलको रूपमा मात्र नहेरी दुवै देशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विश्वव्यापी रूपमा उसु उत्साहीहरूलाई आकर्षित गर्न उसु पर्यटन गर्ने । 

(जस्तै, ‘चिनियाँ कुङ फु रूट–सीकिंग टुर – नेपाल जेन मार्सल आर्ट अभ्यास टुर’) सम्झौता भएको मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आट्र्स अर्गनाइजेसनका सचिव महर्जनले जानकारी दिए ।

महर्जनले सम्झौताले नेपालको उसु खेलको विकासमा कोशेढुङ्गाको रूपमा काम गर्ने र खेल पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ५३ बजे

थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

एजेन्सी– चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने

अदालतको आदेशपछि दीपेन्द्र अग्रवाल धरौटीमा रिहा, सेबोन अध्यक्ष श्रेष्ठको प्रयासमा ब्रेक

काठमाडौं – सेयर बजारका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई हिरासतमा राखेर

एकताका नाममा फुट्यो अशोक राईको जसपा, अधिकांश मधेशवादी नेता उपेन्द्रतिर फर्किए

काठमाडौं- पार्टी एकताका नाममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौं–  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा

खादामाला प्रवृत्तिप्रति खबरदारी : अतिथिलाई सर्वज्ञानी नबनाऔँ

काठमाडौं- ‘अतिथि देवो भव’ अर्थात् पाहुना भगवानका रुप हुन् ।