नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न « Khabarhub

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्कको पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण सत्र सम्पन्न गरेको छ ।

नेपाल–भारतको स्टार्टअप ‘इकोसिस्टम’बीचको अन्तरक्रियालाई वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिने पहिलो ‘इन–स्पान’ कार्यक्रम सन् २०२५ डिसेम्बरमा आइआइटी मद्रासमा सुरु हुने कार्यतालिका रहेको दूतावासले जनाएको छ । 

उक्त कार्यक्रममा नेपालका स्टार्टअपका प्रतिनिधिका लागि आइआइटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आठ हप्ताको प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ । उक्त ढाँचामा प्रशिक्षित हुन चाहने सहभागीका लागि तालिम, परामर्श र इन्टर्नसीप समावेश हुनेछ ।

दूतावासमा भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उक्त पहलको प्रशंसा गरेका थिए । दूतावास परिसरमा आयोजित उक्त सत्रमा विभिन्न स्टार्टअपहरू, सरकारी विभाग, वाणिज्य सङ्घ, रोबोटिक्स एशोसिएसन अफ नेपाल, एनएएस आइटी, फिनटेक एलायन्स, एआई एशोसिएसन अफ नेपाल र शैक्षिक संस्थाबाट करिब १०० जना सहभागी उपस्थित थिए।

वीरगञ्जका तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना सहभागी भर्चुअल रूपमा कार्यक्रममा सहभागी थिए। इलेक्ट्रिकल इञ्जिनियरिङका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआई, आइआइटी मद्रासका प्रमुख वैज्ञानिक प्रो गौरव रैना अनलाइन कार्यक्रममा सामेल थिए भने आइआइटी मद्रास र आइआइटीएम प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमका बारेमा जानकारी दिएका थिए ।

यसअघि सोही त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो जसमा करिब ७० विद्यार्थी सहभागी थिए। आवेदनको मूल्यांकन र उम्मेदवारको अन्तर्वार्ताका आधारमा उक्त कार्यक्रमका लागि छनोट हुने दूतावासले जनाएको छ । आवेदन यही नोभेम्बर १५ गतेसम्म खुला रहनेछ ।
 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ७ : ५३ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने