एक थोपा रगत नबग्ने र एकजना घाइते नहुने गरी चुनाव गराउने प्रयासमा छु: प्रधानमन्त्री कार्की | Khabarhub Khabarhub

एक थोपा रगत नबग्ने र एकजना घाइते नहुने गरी चुनाव गराउने प्रयासमा छु: प्रधानमन्त्री कार्की


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।

द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल)को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।

आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो।सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौँ आइपुगेको छ।

लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताएका थिए ।

‘तपाईंको लामो समयदेखिको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनःसंरचना सम्भव हुने देखेका छौँ र त्यसले लोकतान्त्रिक संस्थाहरुलाई जोगाउनेछ,’ प्रतिनिधिमण्डलको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले चासो देखाएपछि निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो। यसैमा केन्द्रित छौँ। स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ। यहाँहरुको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ।’

आन्फ्रेल प्रतिनिधिहरुसँगै नेपालको निर्वाचन पर्यवेक्षकहरुको सञ्जाल नियोकका पदाधिकारी तथा सदस्य पनि थिए। उनीहरुले यसपालि पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएकाले मतदाता शिक्षामा विशेष जोड दिन सुझाव पनि दिए। सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ८ : २२ बजे

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु

तापक्रम नियन्त्रणमा राख्ने बाचा असफल भयो :महासचिव गुटेर्रेस

बेलेम – विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने

राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप

काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत