१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने « Khabarhub

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ। काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्सको छपाइ थालिने विभागका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए।

विभागले पहिलो चरणमा दैनिक ५ सय वटा लाइसेन्स छाप्ने तयारी गरेको छ। ढुंगानाका अनुसार जम्मा १२ लाखप्रति लाइसेन्स छापिनेछ। छपाइको सुरुवात शुक्रबार सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले गर्ने कार्यक्रम तय भएको छ।

अहिले छपाइ भएका लाइसेन्स प्रक्रिया पूरा गरेर ६ महिनाभित्रै वितरणको तयारी भइरहेको सुरक्षण मुद्रण विभागले जनाएको छ।

गएको ९ जेठमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणबीच बाँकी लाइसेन्स छाप्ने समझदारी भएको थियो।

सवारीचालक अनुमतिपत्र छपाइको लागि यातायात व्यवस्था विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ। यसपटकको छपाइ यसअघि यातायात व्यवस्था विभागले छापेको भन्दा प्रति लाइसेन्समै एक सय रुपैयाँ सस्तो पर्ने बताइएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ८ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै