चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल « Khabarhub

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिवद्धताका साथ लाग्ने विश्वास व्यक्त गरेका छन् । आज मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनामा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उनले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ बहस सिर्जना गर्ने कथावस्तु हुनुपर्नेमा जोड दिए । उनले भने,“सिनेमा समाजको ऐन पनि हो । देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने सिनेमाको ‘कन्टेन्ट’ र ‘स्कृष्ट’ बालियो, सन्देशमुलक, गुणस्तरीय र समाजले रुचाउने हुन जरुरी छ ।”

मन्त्री खरेलले सिनेमाको कथावस्तु, समयसुहाउदो अडियन्समैत्र तथा कथावस्तुमा नवीनतम प्रयोग हुन जरुरी भएको उल्लेख गरे । उनले देश र जनताको हित र चलचित्रको हितका लागि आफ्नो अवधिमा प्रभावकारी काम गर्ने विश्वास दिलाए। मन्त्री खरेलले भने,“देश, जनता र चलचित्रको हितमाा हुने कुनैपनि कामको लागि मन्त्रालयकोतर्फबाट साथसहयोग रहनेछ । मेरो कार्यकालमा चलचित्र क्षेत्रको हितमा कार्यक्रम र कार्ययोजन ल्याउनुस् मन्त्रीकोतर्फबाट कुनैपनि फाइल रोकिने छैन ।”

सञ्चारमन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन पनि दिए । उनले भने,“सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल ‘राइट म्यान इन राइट प्लेस’ ल्याउनूस् ।”

उनले चलचित्रकर्मीले उडाएका ड्रोन, अनुदान, सामाजिक सुरक्षा लगायत विषयमा मन्त्रालयले छलफल गरेर सहजिकरण गर्ने विश्वास व्यक्त गरे । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजिकरण गर्ने बताए ।

उनले चलचित्रकर्मीले उठाएको सेन्सर, ड्रोन, विदेशी सिनेमा छायाँकनलगायत विषय अन्तरमन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि पहल गरिने विश्वास व्यक्त गरे ।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशले चलचित्र क्षेत्रको दिगो विकासका लागि सरकारले सिनेमा हल नपुगेका जिल्ला वा शहरमा नयाँ हल निर्माणका लागि प्रोत्साहन गर्न आग्रह गरे ।

उनले चलचित्र ऐन तथा विधेयक परिमार्जन, चलचित्र कल्याणकारी कोष र राष्ट्रिय स्टुडियो निर्माणमा सरकारी सहयोग र सेन्सर प्रणालीलाई सरल र पारदर्शी बनाइनुपर्नेमा जोड दिए ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कर्णाली प्रदेशभरमा एउटा मात्र सिनेमा हल रहेको विषयलाई उठान गर्दै हलको संख्याबढाउनुपर्नेमा जोड दिए ।कलाकार दिपकराज गिरील हरेक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा कलाकर्मीको विगतदेखि बर्तमान सम्मको योगदानको बिषयलाई अतिरञ्जित बनाइन नहुनेमा जोड दिए ।

कलाकार केदार घिमिरेले जेनजी आन्दोलनपछि कलाकारले विभिन्न आरोप लगाइने गरेको भन्दै स्वतन्त्र कलाकारमाथी भइरहेको प्रहार बन्द हुनुपर्ने धारणा राखे । वरिष्ठ संगीतकार सुरेश अधिकारीले प्रतिनिपि अधिकार ऐन कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । कलाकार जितु नेपाल, निर्देशकद्वय प्रदिप भट्टराई र सरोज पौडेल, नायक प्रदीप खड्काले सेन्सरलाई खुकुलो बनाउनुपर्नेमा जोड दिए ।

छॉयाकार बिष्णु कल्पितले ड्रोन चलाउन र बिदेशी चलचित्र छायांकनलाई सहज बनाइनुपर्ने औंल्याए । नेपाली चलचित्र क्षेत्रका शीर्ष कलाकार, निर्देशक, निर्माता र संघसंस्थाका प्रतिनिधिहरूले सञ्चारमन्त्री खरेलसँग मन्त्रालयमा अन्तरक्रिया गरेका हुन । अन्तरक्रियामा कलाकारहरु केदार घिमिरे, दीपक राज गिरी, जितु नेपाल, प्रदीप खड्का, नीति शाह, रामकृष्ण ढकाल, शिव श्रेष्ठ, रविन्द्र खड्का, सुरेश अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थिति थियो । साथै निर्देशक दीपेन्द्र के खनाल, दिनेश राउत, जनक खड्का, पुष्कर लामा र नरेन्द्र महर्जन पनि सहभागी थिए।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ८ : ५२ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका