विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा « Khabarhub

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एलभीडी झापा महिला गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार (कात्तिक २०) दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनलमा आर्मीले जित हासिल गरेको हो।

आर्मीको जितमा फरवार्ड विमला चौधरीले ह्याट्रिक गरिन्। खेलको सुरुआती चरणदेखि नै बल पोजिसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो । १०औँ मिनेटमा फरवार्ड विमला चौधरीले गोल गर्ने अवसर गुमाइन्। १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर रानामगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन्।

३३औँ मिनेटमा आर्मीले अग्रतालाई दोब्बर बनायो। पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमला चौधरीले हेडरमार्फत गोल गरिन्। हिमा चौधरीले त्यसमा असिस्ट गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा विमला विकले कर्नर किकबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीको अग्रता ३–० मा पुर्‍याइन्।

दोस्रो हाफमा पनि खेलको गति आर्मीले नै नियन्त्रणमा राख्यो। ८५औँ मिनेटमा चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अवस्थामा पुर्‍याइन्।

९०औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता ५–० बनाइन् । इन्जुरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को सहज जित दिलाइन्।

खेलको प्लेयर अफ द म्याच विमला चौधरी घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्।

योसँगै एलभीडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुबटल क्लब तथा दोस्रो सेमिफाइनलमा एपीएफ फुबटल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ०८ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने