मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने « Khabarhub

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु गर्ने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (सबै न्यायाधीशको बैठक) ले भदौ २४ गते भएको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटबाट अवरुद्ध सेवा सुरु गर्ने निर्णय गरेको हो।

आन्दोलनका क्रममा अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा सूचना प्रणालीमा समेत क्षति पुगेको थियो। जस कारण सीमिति इजलास मात्रै बस्न सकेका छन् भने सीमित मुद्दामा मात्रै सुनुवाइ भइरहेको छ।

तर अब सबै प्रकारकार रिट निवेदनहरु, सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याइ पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु नियमित रुपमा दर्ता एवम् सुनुवाइ गर्ने जानकारी गराएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : १७ बजे

मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको लागि मोरङमा

मानकाजी ग्याबा एमाले त्यागेर कांग्रेस प्रवेश, मोहन आचार्यले गरे स्वागत

रसुवा– नेकपा एमाले बागमती प्रदेश सल्लाहकार कमिटी सदस्य तथा पूर्व

गैरआवासीय नेपालीका ११८ पेशाकर्मीको संयुक्त अपिल : कांग्रेसलाई मतदान गरौँ

काठमाडौं- अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा

महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र

जुम्ला– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको