मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने « Khabarhub

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने


२० कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु गर्ने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (सबै न्यायाधीशको बैठक) ले भदौ २४ गते भएको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटबाट अवरुद्ध सेवा सुरु गर्ने निर्णय गरेको हो।

आन्दोलनका क्रममा अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा सूचना प्रणालीमा समेत क्षति पुगेको थियो। जस कारण सीमिति इजलास मात्रै बस्न सकेका छन् भने सीमित मुद्दामा मात्रै सुनुवाइ भइरहेको छ।

तर अब सबै प्रकारकार रिट निवेदनहरु, सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याइ पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु नियमित रुपमा दर्ता एवम् सुनुवाइ गर्ने जानकारी गराएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  १० : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली