प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह « Khabarhub

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीमा उजुरी दर्ता गर्न आग्रह गरेको छ।

प्रहरीले आज सूचना जारी गरी सो सहकारीका सञ्चालक समिति, व्यवस्थापक, विभिन्न कालखण्डमा रहेका पदाधिकारीहरू र जिम्मेवार व्यक्तिहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी ठगी गरेको आरोपमा अनुसन्धान सुरु गरिएकाले बचतकर्तालाई आगामी मङ्सिर २ गतेभित्रमा जाहेरी दिन आग्रह गरेको हो। प्रहरीले पीडित बचतकर्तालाई आधिकारिक उजुरी दर्ता गर्न अपिल गरेको हो।

‘सहकारी रजिस्ट्रारको कार्यालय पोखराको पत्र तथा कागजात यस कार्यालयमा प्राप्त भई मुद्दा दर्ता भएपश्चात् केही जिम्मेवार पदाधिकारी तथा कर्मचारी नियन्त्रणमा लिइ अनुसन्धानका क्रममा रहेकाले उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र सहित यस कार्यालयमा सम्पर्क राख्नुहुन सम्पूर्ण बचतकर्तामा सुचित गरिएको छ’, प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

बचतकर्ताले आफूले जम्मा गरेको रकमको प्रमाण (धनधनी पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायत प्रमाण) र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतका परिचय खुल्ने कागजातसहित कानून बमोजिम प्रहरीमा जाहेरी दस्तखत दिन सक्नेछन्।

पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु ८८ करोड ७० लाख हिनामिना गरिएको पुष्टि भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा सो रकम हिनामिना भएको पुष्टि भएपछि कार्यालयले प्रहरीलाई विस्तृत अनुसन्धानका लागि यही कात्तिक १८ गते पत्राचार गरेको थियो।

सोही आधारमा कास्की प्रहरीले सहकारी घोटालामा संलग्न भएको आरोपमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई बुधबार पक्राउ गरेर थप अनुसन्धान प्रक्रियाअघि बढाएको छ।

यसैगरी प्रहरीले सहकारीबाट ऋण लिएर हालसम्म चुक्ता नगर्ने ऋणीलाई अपराध अनुसन्धान शाखामा सम्पर्क राखी वित्तीय विश्लेषण प्रतिवेदनबाट निर्धारण गरिएको ऋण रकम अनुसन्धान अवधिभित्रै सहकारीको खातामा जम्मा गर्न आह्वान गरेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : ३० बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने