प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह | Khabarhub Khabarhub

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीमा उजुरी दर्ता गर्न आग्रह गरेको छ।

प्रहरीले आज सूचना जारी गरी सो सहकारीका सञ्चालक समिति, व्यवस्थापक, विभिन्न कालखण्डमा रहेका पदाधिकारीहरू र जिम्मेवार व्यक्तिहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी ठगी गरेको आरोपमा अनुसन्धान सुरु गरिएकाले बचतकर्तालाई आगामी मङ्सिर २ गतेभित्रमा जाहेरी दिन आग्रह गरेको हो। प्रहरीले पीडित बचतकर्तालाई आधिकारिक उजुरी दर्ता गर्न अपिल गरेको हो।

‘सहकारी रजिस्ट्रारको कार्यालय पोखराको पत्र तथा कागजात यस कार्यालयमा प्राप्त भई मुद्दा दर्ता भएपश्चात् केही जिम्मेवार पदाधिकारी तथा कर्मचारी नियन्त्रणमा लिइ अनुसन्धानका क्रममा रहेकाले उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र सहित यस कार्यालयमा सम्पर्क राख्नुहुन सम्पूर्ण बचतकर्तामा सुचित गरिएको छ’, प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

बचतकर्ताले आफूले जम्मा गरेको रकमको प्रमाण (धनधनी पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायत प्रमाण) र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतका परिचय खुल्ने कागजातसहित कानून बमोजिम प्रहरीमा जाहेरी दस्तखत दिन सक्नेछन्।

पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु ८८ करोड ७० लाख हिनामिना गरिएको पुष्टि भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा सो रकम हिनामिना भएको पुष्टि भएपछि कार्यालयले प्रहरीलाई विस्तृत अनुसन्धानका लागि यही कात्तिक १८ गते पत्राचार गरेको थियो।

सोही आधारमा कास्की प्रहरीले सहकारी घोटालामा संलग्न भएको आरोपमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई बुधबार पक्राउ गरेर थप अनुसन्धान प्रक्रियाअघि बढाएको छ।

यसैगरी प्रहरीले सहकारीबाट ऋण लिएर हालसम्म चुक्ता नगर्ने ऋणीलाई अपराध अनुसन्धान शाखामा सम्पर्क राखी वित्तीय विश्लेषण प्रतिवेदनबाट निर्धारण गरिएको ऋण रकम अनुसन्धान अवधिभित्रै सहकारीको खातामा जम्मा गर्न आह्वान गरेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : ३० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी