विश्वकप २०२६ को ड्र : स्पेन र अर्जेन्टिनालाई सजिलो, सुरुमै फ्रान्सको कठोर परीक्षा « Khabarhub

विश्वकप २०२६ को ड्र : स्पेन र अर्जेन्टिनालाई सजिलो, सुरुमै फ्रान्सको कठोर परीक्षा


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक भएको छ। गएराति विश्वकपको ड्र अमेरिकाको वासिङ्टन डीसीमा सार्वजनिक भएको हो।

विश्वकप यसपटक ४८ टोली सहभागी हुँदैछन्। जसलाई १२ समूहमा विभाजन गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा भएको यो ड्रले प्रतियोगिताको प्रारम्भिक स्वरूप स्पष्ट बनाएको छ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको सह-आयोजक भएकाले तिनै देशलाई समूह निर्धारणअघि नै स्वतः शीर्ष पोटमा राखिएको थियो।

ड्रअनुसार मेक्सिको समूह ‘ए’ मा परेको छ। दक्षिण कोरिया, दक्षिण अफ्रिका र युरोपेली प्लेअफ ‘डी’ बाट आउने टोली यो समूहमा रहनेछन्।

क्यानडालाई समूह ‘बी’ मा राखिएको छ जहाँ उसको सामना स्विट्जरल्याण्ड, कतार र युरोपेली प्लेअफ ‘ए’ विजेतासँग हुनेछ। संयुक्त राज्य अमेरिका समूह ‘डी’मा छ। उसँग अष्ट्रेलिया, पराग्वे र युरोपेली प्लेअफ ‘सी’ विजेता जोडिएका छन्।

ब्राजिल समूह ‘सी’ मा मोरक्को, स्कटल्याण्ड र हाइटीसँग भिड्नेछ। जर्मनी समूह ‘ई’ मा इक्वेडोर, आइभोरी कोस्ट र कुराकाओसँग प्रतिस्पर्धा गर्नेछ।

नेदरल्याण्ड्स समूह ‘एफ’ मा जापान, ट्युनिसिया र युरोपेली प्लेअफ ‘बी’ विजेतासँग रहेको छ। बेल्जियम, इरान, इजिप्ट र न्युजिल्यान्ड समूह ‘जी’ मा परेका छन्।

स्पेन समूह ‘एच’ मा उरुग्वे, साउदी अरब र केप भर्डेसँग खेल्नेछ। फ्रान्स समूह ‘आई’ मा सेनेगल, नर्वे र इन्टरकन्टिनेन्टल प्लेअफ विजेतासँग भिड्नेछ।

अर्जेन्टिना समूह ‘जे’ मा रहेर अष्ट्रिया, अल्जेरिया र जोर्डनसँग छ। उता पोर्चुगल समूह के मा कोलम्बिया, उज्बेकिस्तान र इन्टरकन्टिनेन्टल प्लेअफ विजेतासँग रहनेछ। इंग्ल्यान्ड समूह ‘एल’मा क्रोएशिया, पनामा र घानासँग प्रतिस्पर्धा गर्नेछ।

४८ टोलीको प्रारूप तयार भएपछि विश्वकपको पहिलो चरणमै विभिन्न महादेशका बलिया टोलीबीच चर्को प्रतिस्पर्धा देखिने निश्चित छ।

केही समूहमा प्लेअफबाट आउने टोली अझै निर्धारण भइसकेका छैनन्। तर मुख्य संरचना तयार भएकाले फिफाले समूह चरणका खेल तालिका र प्रयासरत तयारी प्रक्रियालाई अन्तिम रूप दिने चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ७ : १३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा