सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित « Khabarhub

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम लागेको छ । शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले केबल ११ ओभर ६ बलमा पूरा ग¥यो । खेलमा सुदूरपश्चिमका ओपनरद्वय फाफ डु प्लेसी र साम हेज्लेटले अर्धशतक बनाए । हेज्लेटले २७ बलमा ५१ रन बनाए । यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।

त्यसैगरी, फाफले २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन बनाए । विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहराले २ र हरमित सिंहले एक विकेट लिए ।

एनपीएलमा दुबै टोली यसअघि नै प्लेअफमा छनौट भइसकेका छन् । यसअघि खेलेका सबै ६ खेल जितेको सुदूरपश्चिमको विजयी यात्रामा विराटनगरले विराम लगाएको हो ।

७ मध्ये ६ खेल जित्दै सुदूरपश्चिमले १२ अङ्कका साथ लिग चरण पूरा गरेको छ । विराटनगरले भने ७ मध्ये ५ खेलमा जित हासिल गरेको छ ।

आजको जितले विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ । सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियो । इलिमिलेटरमा काठमाडौं र लुम्बिनी खेल्नेछन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  २ : ०६ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ