अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली « Khabarhub

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् ।

शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका हुन् ।

अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उनले बताए । ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिँदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गरे । ओलीले यसबीचमा एमाले समीकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पारे । उनले एमालेबिरुद्ध जस्तोसुकै हमला भएपनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गरे ।

अध्यक्ष ओलीले भदौ २३ – २४ को घटना पछि देश प्रतिगमत तर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए । अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताए ।

उनले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने दोहोर्‍याए । उनले सरकारले छानबिन गर्न भनी बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताए । प्रधानमन्त्री ध्यान आफूलाई पक्राउ गर्नेमा केन्द्रीत भएको उल्लेख गर्दै ओलीले आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिए ।

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उनले दाबी गरे ।

उनले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राखे । उनले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको समेत बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ४१ बजे

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई 

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा

धादिङको धुनीबेंसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रूपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

खोटाङ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी

नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म