चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य « Khabarhub

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पोखरासमक्ष १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा चितवनले ६ विकेट गुमाउँदै १२० रन बनायो । चितवनका देव खनालले सर्वाधिक ३५ रन बनाए । ४१ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे ।

त्यसैगरी, अल्पेस रमजानीले चितवनका लागि ३३ रनको योगदान गरे । २२ बलको सामना गरेका उनले १ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले २३ बलमा २३ रन जोडे ।

बलिङतर्फ पोखराका धनञ्जय लक्षनले सर्वाधिक तीन विकेट लिए । किरण ठगुन्ना, रोहित चन्द र विपिन खत्रीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ५ : ०६ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को