जेन-जी आन्दोलनले आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ : प्रचण्ड « Khabarhub

जेन-जी आन्दोलनले आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ : प्रचण्ड


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिने दावी गरेका छन् ।

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको भन्दै मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा पनि अघि बढ्ने दावी गरे ।

उनले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेन-जी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको बताए । 

जने-जी आन्दोलनपछि समिक्षा गर्दै नयाँ ढंगले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न वृहत एकता गरिएको उनको भनाइ छ । प्रचण्डले सबै जनताको एकताले मात्रै  प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे । 

एमालेभित्र रहेका बामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनले बताए । त्यस्तै उनले मधेश प्रदेशका महत्वपूर्ण विकास आयोजनाहरू कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिष्ट सरकारले नै गर्ने जिकिर गरे ।
 
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले नेकपामा युवाहरूको आकर्षण बढेको र हजारौंको सङ्ख्यामा युवाहरू आफ्नो पार्टी प्रवेश गरेको बताए । उनले भ्रष्टाचारको अन्त्य गरि सुशासन कायम गर्दै जेन-जी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने जिकिर गरे ।

त्यस्तै अन्य नेकपा नेताहरूले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्दै मुलुकमा देखिएका बेथिति अन्त्य गर्ने धारणा राखेका थिए । नेकपाले पार्टी एकताको सन्देश दिन बिभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ । अब कर्णाली र काठमाडौंमा एकता सन्देशसभाको आयोजना गरिने नेकपाले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ५ : २६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता