अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल « Khabarhub

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्धन गरिनुपर्नेमा जोड दिएका छन् । ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आज अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले भने, “नेपालको ऐतिहास, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरिनुपर्छ ।”

सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान होभन्दै सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्ने खाँचो औंल्याए। ललिपतुरका मुर्त र अमूर्त सम्पदा संरक्षणमा धार्मिक, संस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित ललितपरको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले विश्व सम्पदाको सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका हुन् । साथै ऐतिहासिक कृष्णमन्दिर, पाटन दरबार सङ्ग्रहालमा पनि पुगे । सञ्चारमन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको समेत अवलोकन गरे । प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँच दिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्रीहरु प्रदर्शित गरिएको छ ।

मन्त्री खरेलले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवम् पुरातात्विक महत्वका समपदाबारे जानकारी लिएका थिए । सञ्चारमन्त्री खरेललाई पाटन दरबार संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले जानकारी गराएका थिए ।

मन्त्री खरेरले संग्रहालयपरिसरको सुन्दरी चोक, मूल चोक, केशवनारायण चोक, भण्डारखाल परिसरलगायतको अवलोकन गरे । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरुमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ ।

प्राचीनकालमा यसलाई युगग्राम, यल, मिनङ्ल, ललितपतन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवलेल स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रुपमा रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ९ : १७ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण र

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको