जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड « Khabarhub

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताएका छन् । आज जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उनले जेनजीले पुरानो पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर पनि दिएको उल्लेख गरे ।

जेनजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न पार्टीहरुबीच बृहत एकता गरिएको उहाँनको भनाइ छ । प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे ।

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले हजारौंको सङ्ख्यामा युवाहरु आफ्नो पार्टी प्रवेश गरेको दाबी गरे । उनले पार्टी एकता भएपछि सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताए । नेकपाले पार्टी एकताको सन्देश दिन विभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ । पार्टीले कर्णाली र काठमाडौँमा पनि एकता सन्देशसभाको आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ९ : ५१ बजे

बत्ती पुग्ने आशामा अपिवासी

दार्चुला–      ‘चौलानीको कञ्चन पानी, बिजुलीको खानी    अँध्यारोमै बित्न लाग्यो,

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले