जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड « Khabarhub

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताएका छन् । आज जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उनले जेनजीले पुरानो पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर पनि दिएको उल्लेख गरे ।

जेनजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न पार्टीहरुबीच बृहत एकता गरिएको उहाँनको भनाइ छ । प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे ।

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले हजारौंको सङ्ख्यामा युवाहरु आफ्नो पार्टी प्रवेश गरेको दाबी गरे । उनले पार्टी एकता भएपछि सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताए । नेकपाले पार्टी एकताको सन्देश दिन विभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ । पार्टीले कर्णाली र काठमाडौँमा पनि एकता सन्देशसभाको आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ९ : ५१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको