एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली « Khabarhub

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र अस्थिरता अन्त्य गर्ने पार्टी एमाले भएकाले यसलाई मजवुद पार्नुपर्ने बताएका छन ।

बलियो एमाले बनाउन केपी ओलीको विकल्प नभएको बताउँदै उनले अहिलेको अवस्थामा एमालेको पक्षमा गोलबन्ध भए मूलुक ठूलो संकटबाट निस्कने तर्क गरे । जति मजबुद उपस्थिती त्यत्ति नै प्रभाव पर्ने भएकाले अराजकताको मनोबल गीराउन भएपनि सक्दो पार्टी पंक्ती र शुभेच्छुक आगामी २७ गते सल्लाघारीमा भेला हुनुपर्नेमा उनले जोड दिए ।

गोदावरी नगर कमिटी ललितपुरद्धारा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन सम्बन्धी विस्तारित बैठकमा बोल्दै नेता ज्ञवालीले ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताए ।

एमालेकै कारण अन्य पार्टीले पनि समाजमा आफ्ना आवाज बढाउन सकेको उनले बताए । नीति र नेताको चयन गर्न छुट्टाछुट्टै महाधिवेसन गर्ने एक मात्र पार्टी एमाले रहेको बताउँदै उनले पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता र कार्यकर्ताको कुनै महत्व नरहेको टिप्पणी गरे ।

जेन जीको खोल ओढेर अराजकता बढीरहेको उल्लेख गर्दै उहाँले समय आएपछि सबै खुल्दै आइरहेको स्पष्ट पारे । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । उपमहासचिव ज्ञवाली महाधिवेशनको जनपरिचलान समितीको संयोजक छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : १९ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा