‘निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्छ’  « Khabarhub

‘निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्छ’ 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्ने बताएका छन् ।

ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसियु कक्षको उद्घाटन गर्दै उनले निजी अस्पतालले गरिब र भुईँ तहका मान्छेलाई सरकारी नीति अनुसार १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘निजी स्वास्थ्य संस्था सेवामुखी व्यापार हो, सरकारको नीति र मापदण्डलाई पालना गरिदिनुस्, पारदर्शी रूपमा १० प्रतिशत निःशुल्क बेड भर्ना लिनुस् । यो अस्पताल भुइँमान्छेको पनि अस्पताल हो भन्ने अनुभूति दिलाइदिनुस् ।’

स्वास्थ्य बिमालाई एक लाखबाट पाँच लाख पुगाएर कार्यान्वयनको तयारी भइरहेको बताउँदै उनले विकसित मुलुकमाझैँ प्रत्येक नागरिकको योगदानलाई सुनिश्चित गर्नेगरी नागरिक योगदानमा आधारित बिमा प्रणाली लागू गर्न सके निःशुल्क सेवा दिन सकिने बताए ।

‘स्वास्थ्य बिमामा सरकारको बजेट सात अर्ब छ, अहिलेकै अवस्थामा ४९ अर्ब बजेट व्यवस्था गरे पनि नपुग्ने देखिन्छ, यस्तै अवस्था रहे अर्को साल स्वास्थ्य बिमा सेवा नै बन्द हुन्छ’, मन्त्री पौडेलले भने, ‘हामी बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुनर्संरचना गर्न लागि रहेका छौँ ।’ 

कार्यक्रममा ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले निजी क्षेत्रका अस्पतालहरूको सरकारले ग्रेडिङ गरेर शुल्क निर्धारण गर्नुपर्ने बताए । उनले निजी अस्पतालले सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर ‘आइपीओ’मा गएको बताउँदै सबैमा यो नीति लागू हुनुपर्नेमा जोड दिए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल कोरियामैत्री अस्पतालले मात्रै बिरामी थेग्न नसकेको अवस्थामा नागरिक अस्पतालले सेवा दिने बताउँदै भक्तपुरमा अत्याधुनिक अस्पताल सञ्चालनमा आउँदा उपचारका लागि काठमाडौँका अस्पतालको भर पर्नु नपर्ने बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १ : ०६ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा