डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी « Khabarhub

डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक जलपन्छी गणना गरिएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरेका हुन् ।

ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताए । उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरु देखिएका छन् । ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उनले बताए। 

‘पहिलोपटक ताल क्षेत्रमा जलपन्छी गणना गरेका छौँ,’ डगौराले भने, ‘रैथाने र आगन्तुक जलपन्छीबारे अध्ययन सुरु गरेका छौँ ।’

 ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात् ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्नेबारे जानकारी हुने उनले उल्लेख गरे। हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ छ । 

आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ । चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन् ।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का गणकहरुले कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित जाखोर तालसँगै महादेवा तालमा पनि जलपन्छी गणना गरेका छन् । तालमा कैले टाउके हाँस, मालक हाँस, सिजुरी, सुनगजुरेलगायत चराका बथान देखिएको उनको भनाइ छ ।

घोडाघोडी नकरोडताल, रखौना, सोनियाँ रुपियाँ, घोरताल, पुरैना, जम्नेहटा, चम्रहिया, कोइलही ताल र कर्णाली जलाधार क्षेत्रमा जलपन्छी गणना गरिने बताइएको छ । अन्य ताल तलैया र नदीमा जलपन्छी गणना भइरहेको छ । कञ्चनपुरको पुरैनी तालमा ५५ प्रजातिका जलपन्छी भेटिएका छन् । 

उत्तरी धुव्र रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो हुने क्षेत्रहरुबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा यहाँका विभिन्न तालतलैया, नदी र वनजङ्गल क्षेत्रमा आउने गर्दछन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १ : ११ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख