भारतको सहयोगमा निर्मित म्याग्दीको क्याम्पस र छात्रावास हस्तान्तरण « Khabarhub

भारतको सहयोगमा निर्मित म्याग्दीको क्याम्पस र छात्रावास हस्तान्तरण


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पस भवन र छात्रावास भवन सोमबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका कन्सुलर अविनाशकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।

भारत सरकारको दुई करोड ८३ लाख रुपैयाँ आर्थिक सहयोगमा १६ कोठे दुई वटा कक्षाकोठा र आठकोठे छात्रा छात्रावास भवन निर्माण भएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए । तत्कालीन जिल्ला विकास समितिमार्फत् भवन निर्माण थालिएको थियो ।

कार्यक्रममा राजदूतावासका कन्सुलर सिंहले भारत सरकारको सहयोगमा गण्डकी प्रदेशमा ७९ वटासहित देशभर पाँच सय ८३ वटा परियोजना सञ्चालन भएकाे जानकारी दिए।

उनले नेपालको विकासको प्रमुख साझेदार राष्ट्र भारतबाट शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिएर परियोजना सञ्चालन भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी क्याम्पसलाई पूर्वाधारसँगै प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए ।

उनीहरूले भारतको अयोध्यामा राममन्दिर निर्माणका लागि मूर्ति बनाउन दुई वर्षअघि लगिएका शिलाको उत्खनन स्थल कालीगण्डकी नदी किनारलाई देभशिला स्मारक स्तम्भ र स्नानस्थलका रूपमा विकास गर्न लागिएको जानकारी गराउँदै त्यसका लागि भारत सरकारसँग सहयोग अपेक्षा गरे ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले आठ सय ९७ जना विद्यार्थी अध्ययरत क्याम्पसमा निर्माण भएको भवनले पठनपाठनमा सहज भएको बताए ।

समुदाय स्तरबाट वि.सं. २०४८ मा स्थापना भएको म्याग्दी क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा स्नातकोत्तर तहसम्मको अध्ययन हुन्छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १ : ५५ बजे

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं

हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्यु

काठमाडौँ– बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य

धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक युगको अन्त्य : मोदी

नयाँ दिल्ली – भारतीय चलचित्र उद्योगका दिग्गज, सदाबहार सुपरस्टार धर्मेन्द्रको

साउदीमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

काठमाडौँ– साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू