एमाले केन्द्रीय कमिटी बैठक : तेस्रो दिन पनि ओलीको प्रतिवेदनबारे बोल्दै नेताहरू « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक : तेस्रो दिन पनि ओलीको प्रतिवेदनबारे बोल्दै नेताहरू


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)को आठौं केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि ललितपुरको च्यासलमा जारी छ ।

गत आइतबारदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने क्रम नसकिएकाले तेस्रो दिन पनि जारी रहेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सोमबार ६४ जना केन्द्रीय सदस्य, ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले धारणा राखेका थिए । मंगलबार बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनावश्यक ‘दाउपेच र छलछाम’ कारण कांग्रेस एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने बताएका छन् ।

कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिनाभित्र उल्लेख्य प्रगति गरेको दाबी गर्दै आर्थिक विकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बाहिर हुँदा ३.९ प्रतिशतको आर्थिक वृद्धिदरमा सीमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक ओलीले प्रतिवेदनमा सत्ता सहयात्री कांग्रेसप्रति नरम देखिएका छन् ।

तर ओलीको उक्त प्रतिवेदन र सरकारको नेतृत्वको सवालमा उनीनिकट नेताहरूले नै कडा आलोचना गरेका छन् ।

सरकारको काम प्रभावकारी नभएको भन्दै ओलीनिकट कयौँ नेताले प्रश्न उठाएका छन् । आफूनिकटबाटै प्रश्न आएपछि ओली बैठकमा रक्षात्मक बनेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  २ : ०४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष