एमाले बैठकमा जवाफ दिँदै ओली, आजै समापन  « Khabarhub

एमाले बैठकमा जवाफ दिँदै ओली, आजै समापन 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता रुढ नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज (मंगलबार) नै समापन हुने भएको छ । आइतबारबाट ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको आठौं केन्द्रीय कमिटी बैठक तेस्रो दिन समापन हुन लागेको हो । 

बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि अहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समापन सम्बोधन गर्दैछन् । 

सोमबार ६४ जना केन्द्रीय सदस्य, ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले धारणा राखेका थिए । मंगलबार बाँकी केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बैठक समापन हुन लागेको हो । 

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो । 

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनावश्यक ‘दाउपेच र छलछाम’ कारण कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने बताएका छन्  ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  २ : ४६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल