भारतका ४ राज्यमा देखियो एचएमपिभी , ८ जना सङ्क्रमित  « Khabarhub

भारतका ४ राज्यमा देखियो एचएमपिभी , ८ जना सङ्क्रमित 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा एचएमपी भाइरस सङ्क्रमितको सङ्ख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ सङ्क्रमित फेला परेका छन् । यहाँ १३ वर्षीय बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ । दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो । 

त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाहिँ गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।

एक दिनअघि कर्नाटक र तमिलनाडुमा २र२ जना, पश्चिम बंगाल र गुजरातमा १र१ जना गरी ६ जनामा ​​भाइरसको सङ्क्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् । केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्परेटरी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन र ह्यूमन मेटापन्यूमोभाइरसको रोकथामबारेमा सचेतना फैलाउन सल्लाह दिएको छ ।

देशका ४ राज्यमा सङ्क्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो भाइरस सामान्य भएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका थिए । विज्ञहरूले पनि एचएमपीभी नयाँ भाइरस नभएको बताइरहेका छन् । यसको पहिचान पहिलो पटक २००१ मा भएको थियो । भाइरस हावामार्फत फैलिने भएकोले सास फेर्दा सर्छ । यसले सबै उमेर समूहका मानिसहरूलाई असर गर्छ । 

डब्लूएचओले स्थितिको अनुगमन गरिरहेको छ र चाँडै नै रिपोर्ट साझा गर्ने बताइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : २२ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण