मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु « Khabarhub

मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए।

तीन महिनादेखि बन्द रहेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र सभामुख मण्डलले पढेर सुनाएका थिए। 

बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्ययक्षता गर्ने सदस्यको मनोनयन गरेको छ । प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि हरिनरायण महतो, चन्दन सिंह, जवाहर कुशवाहा, रमेशप्रसाद कुर्मिलाई मनोनयन गरेको हो ।

मधेश प्रदेशसभाको तेस्रो अधिवेशन गत ४ असोजमा अन्त्य भएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।

कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संशोधन सहितका ‘बिजनेस’ प्रदेशसभामा छन् ।

 प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले ‘मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : २९ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी