सरकार चलाउनेले अधिकार मुठ्ठीमा राख्दा संघीयता दुर्घटना पर्ने देखियो : गगन थापा « Khabarhub

सरकार चलाउनेले अधिकार मुठ्ठीमा राख्दा संघीयता दुर्घटना पर्ने देखियो : गगन थापा


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरि कानून बनाउनुपर्ने बताएका छन् ।

संघीयता सवलीकरणका सन्दर्भमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले यसो भनेका हुन् ।

उनले सबै तहलाई अधिकारसम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताउँदै त्यसो गर्दा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने उल्लेख गरे ।

अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानुन बनाउन सहज हुने उनको भनाइ छ । अब संघीयता कार्यान्वयनसम्बन्धी कानून बनाउन ढिलाइ गर्न नहुने उनले जोड दिएका छन् ।

महामन्त्री थापाले पुराना र नयाँ भनिएका दलहरूसमेत संघीयताप्रति उदार भने हुन नसकेको जिकिर गरे ।

उनले संविधान संशोधनका लागि आवश्यक विषयमा खुला रुपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शंका गर्न नपर्ने बताए ।

थापाले सरकारमा गएकाहरूले अधिकारलाई मुठ्ठीमा राख्ने गरेकाले संघीयता नै दुर्घटनामा पर्ने देखिएको बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : ४९ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई