सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली « Khabarhub

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभापति देउवाले मंगलबार बिहान अमेरिकी दूतावासमा पुगेर पूर्वराष्ट्रपति कार्टर प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

सभापति देउवा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनी मंगलबार बिहानै भारतका पूर्वप्रधानमन्त्री डा. सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्न भारतीय दूतावास पुगेका थिए । 

त्यहाँ पनि उनले शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । पूर्वराष्ट्रपति कार्टरको डिसेम्बर २९ र भारतीय पूर्वप्रधानमन्त्री सिंहको डिसेम्बर २६ मा निधन भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : २० बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको