सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली « Khabarhub

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभापति देउवाले मंगलबार बिहान अमेरिकी दूतावासमा पुगेर पूर्वराष्ट्रपति कार्टर प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

सभापति देउवा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनी मंगलबार बिहानै भारतका पूर्वप्रधानमन्त्री डा. सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्न भारतीय दूतावास पुगेका थिए । 

त्यहाँ पनि उनले शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । पूर्वराष्ट्रपति कार्टरको डिसेम्बर २९ र भारतीय पूर्वप्रधानमन्त्री सिंहको डिसेम्बर २६ मा निधन भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : २० बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र