ओलीको निर्देशन- पार्टीबारे जे भन्नु छ बैठकमा भनौँ, सडकमा निस्केर कराउन पाइँदैन « Khabarhub

ओलीको निर्देशन- पार्टीबारे जे भन्नु छ बैठकमा भनौँ, सडकमा निस्केर कराउन पाइँदैन


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले पार्टीभित्रका असन्तुष्टि बैठक हलभित्रै राख्न आग्रह गरेका छन् ।

मंगलबार आठौं केन्द्रीय कमिटीको बैठकलाई समापन सम्बोधनका क्रममा अध्यक्ष ओलीले बाहिर गएर पार्टीविरुद्ध बोलेमा कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तीन दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीभित्र कुनै मत-मतान्तर नरहेको बताएको पनि उल्लेख गरेका छन् ।

‘अध्यक्षले प्रष्ट भन्नु भएको छ, पार्टीभित्र विचारधारातम्क र संगठनात्मक कुनै गुट छैन । एमालेमा कुनै मतविभाजन छैन’, गौतमले भने, ‘पार्टीका कुरा बैठकमै निर्धक्का राख्न अध्यक्षले भन्नु भएको छ । सडकबाट गएर जनमत बनाउँछु भन्ने कुरा गलत हो, त्यो स्वीकारिँदेन भन्ने कुरा उहाँले राख्नु भएको छ ।’

‌ओलीले एमालेमा कोही-कसैको गुट नरहेको बताउँदै केन्द्रीय सदस्यहरूले यस्ता कुरामा अलमलमा पर्न नहुने पनि उल्लेख गरेका थिए ।

तत्कालीन उपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नुपर्ने कारणको फेहरिस्त मंगलबार ओलीले केन्द्रीय सदस्यहरूलाई विस्तारमा सुनाएका थिए ।

‘पार्टी केन्द्रीय कमिटीमा दुईजना नेतृलाई निलम्बन र रावलाई निष्कासनको कुराबारे अध्यक्ष ओलीले विस्तृतमा ब्याख्या गर्नु भयो’, गौतमले भने, ‘भीम रावलबारेको फेहरिस्त सुनाएपछि उहाँलाई निष्कासन गर्नुको कारण पनि अध्यक्षले ब्रिफिङ गर्नु भएको छ ।’

उता स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनाले मीनबहादुर गुरुङबाट जग्गा लिनुभन्दा पहिलेबाटै पार्टीविरुद्ध सार्वजनिक रुपमा कयौँ पटक बोलेको प्रमाणबारे ओलीले बताएका थिए ।

‘दुईजना महिला नेतृका सन्दर्भमा मीनबहादुर गुरुङले जग्गा दिएको प्रसंग संयोग मात्रै थियो’, गौतमले ओलीको भनाइबारे भने, ‘दुवैजनाले त्यसअघि पनि पटक पटक पार्टी निर्णयबारे सार्वजनिक रुपमा बोलेका थिए । उनीहरूले पार्टी निर्णय र नेतृत्वविरुद्ध सडकमा गएर बोलेको धेरै पटक भइसकेको थियो ।’

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : ५४ बजे

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन