स्वास्थ्य एआईको विषयमा छलफल गर्न हाईकन सम्मेलन « Khabarhub

स्वास्थ्य एआईको विषयमा छलफल गर्न हाईकन सम्मेलन


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेल्थ एआई फर अल कन्फ्रेन्स (हाईकन) २०२५ काठमाडौंमा सुरु भएको छ । 

नेपाल सहितका विकासशील देशमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना भएको हेल्थ एआई फर अल नेटवर्क (हाइनेट) ले पहिलो कन्फ्रेन्सको आयोजना गरेको हो । 

कन्फ्रेन्समा स्वास्थ्य एआईबारे छलफल तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्समा स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजनिक पूँजीका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर पहिलो सत्रमा छलफल हुनेछ ।

त्यसैगरी, स्वास्थ्य एआईको वर्तमान अवस्था कस्तो छ र नेपाल जस्ता देशहरूको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा दोस्रो सत्र आयोजना हुनेछ । तेस्रो सत्रमा भने स्वास्थ्य एआईको प्रयोग र फाइदाबाट कोही पनि वञ्चित नहोउन् भन्ने विषयमा खुला छलफल हुनेछ ।

 सम्मेलनमा विभिन्न देशका विज्ञले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसका सम्भावना तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको कन्फ्रेन्स २ दिन चल्नेछ । 

स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसमाझ पनि पुगोस् भन्ने अभिप्रायले नेपालको अग्रसरतामा हाइनेटको स्थापना भएको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ०७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको