स्वास्थ्य एआईको विषयमा छलफल गर्न हाईकन सम्मेलन « Khabarhub

स्वास्थ्य एआईको विषयमा छलफल गर्न हाईकन सम्मेलन


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेल्थ एआई फर अल कन्फ्रेन्स (हाईकन) २०२५ काठमाडौंमा सुरु भएको छ । 

नेपाल सहितका विकासशील देशमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना भएको हेल्थ एआई फर अल नेटवर्क (हाइनेट) ले पहिलो कन्फ्रेन्सको आयोजना गरेको हो । 

कन्फ्रेन्समा स्वास्थ्य एआईबारे छलफल तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्समा स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजनिक पूँजीका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर पहिलो सत्रमा छलफल हुनेछ ।

त्यसैगरी, स्वास्थ्य एआईको वर्तमान अवस्था कस्तो छ र नेपाल जस्ता देशहरूको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा दोस्रो सत्र आयोजना हुनेछ । तेस्रो सत्रमा भने स्वास्थ्य एआईको प्रयोग र फाइदाबाट कोही पनि वञ्चित नहोउन् भन्ने विषयमा खुला छलफल हुनेछ ।

 सम्मेलनमा विभिन्न देशका विज्ञले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसका सम्भावना तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको कन्फ्रेन्स २ दिन चल्नेछ । 

स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसमाझ पनि पुगोस् भन्ने अभिप्रायले नेपालको अग्रसरतामा हाइनेटको स्थापना भएको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ०७ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने