केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा : प्रचण्ड  « Khabarhub

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा : प्रचण्ड 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बनेको बताएका छन् ।

पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताएका हुन् । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै उनले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर बैठकले विजयको आधार तयार गरेको बताए । 

बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रमभंग गरेको प्रचण्डको भनाइ थियो । 

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र नेकपा ९एमाले०को बैठकलाई देश–दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै माओवादीले आफ्नो पार्टीको मात्र नभएर देशकै आगामी मार्गचित्र स्पष्ट गरेको जिकिर गरे । 

उनले दुवै पार्टीका बैठकबाट जनताले माओवादी र एमालेमध्ये कुन दल सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, कुन दल आन्तरिक लोकतन्त्रको पक्षमा र कुन दल निरंकुश रहेछ भन्ने राम्रोसित तुलना गर्ने अवसर पाएको पनि बताए । 

‘एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि  कारबाही र निष्कासन गरेर बैठकको सुरुवात गर्‍यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत् उच्च लोकतन्त्रको अभ्यासमार्फत् बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘यी दुई पार्टीका बैठकबाट एमालेलाई बुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।’

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ५२ बजे

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई