पूर्व उपराष्ट्रपतिबारे प्रचण्ड : पार्टी राजनीतिमा फर्किन चाहेकाले ल्याएका हौँ « Khabarhub

पूर्व उपराष्ट्रपतिबारे प्रचण्ड : पार्टी राजनीतिमा फर्किन चाहेकाले ल्याएका हौँ


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी राजनीतिमा सक्रिय हुने चाहेकाले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई केन्द्रीय समिति बैठकमा सहभागी गराइएको प्रष्टीकरण दिएका छन् । 

काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको अन्तिम सत्र सम्बोधनका क्रममा पासाङकै चाहनाबमोजिम आमन्त्रित रूपमा बैठकमा सहभागी गराइएको प्रष्टीकरण दिएका हुन् । 

‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उहाँले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराइएको हो,’ बैठकमा प्रचण्डले भने, ‘अन्य नेताहरूको कार्य विभाजन गर्दा उहाँको पनि गरिने छ ।’

दुई कार्यकाल पूर्वउपराष्ट्रपति रहिसकेका पासाङ गत आइतबार माओवादीको केन्द्रीय समिति बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेपछि उनलाई प्रचण्डले उपाध्यक्ष बनाउने चर्चा चलेको थियो ।

यो पनि पढ्नुहोस् : 
पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ६ : २४ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क