पूर्व उपराष्ट्रपतिबारे प्रचण्ड : पार्टी राजनीतिमा फर्किन चाहेकाले ल्याएका हौँ « Khabarhub

पूर्व उपराष्ट्रपतिबारे प्रचण्ड : पार्टी राजनीतिमा फर्किन चाहेकाले ल्याएका हौँ


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी राजनीतिमा सक्रिय हुने चाहेकाले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई केन्द्रीय समिति बैठकमा सहभागी गराइएको प्रष्टीकरण दिएका छन् । 

काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको अन्तिम सत्र सम्बोधनका क्रममा पासाङकै चाहनाबमोजिम आमन्त्रित रूपमा बैठकमा सहभागी गराइएको प्रष्टीकरण दिएका हुन् । 

‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उहाँले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराइएको हो,’ बैठकमा प्रचण्डले भने, ‘अन्य नेताहरूको कार्य विभाजन गर्दा उहाँको पनि गरिने छ ।’

दुई कार्यकाल पूर्वउपराष्ट्रपति रहिसकेका पासाङ गत आइतबार माओवादीको केन्द्रीय समिति बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेपछि उनलाई प्रचण्डले उपाध्यक्ष बनाउने चर्चा चलेको थियो ।

यो पनि पढ्नुहोस् : 
पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ६ : २४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको