छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’ टिम | Khabarhub Khabarhub

छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’ टिम


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुतको अभिनय रहने फिल्म ‘सोल्टिनी’को छायाङ्कन सुरु भएको छ । इलामको सानो पाथीभरा मन्दिरमा मंगलबार शुभ मुहूर्त गर्दा ‘सोल्टिनी’ टिम छायाङ्कनमा निस्किएको हो ।

निर्देशक अर्जुन सुवेदीका अनुुसार शुभ मुहूर्तमा गरिएकै मन्दिरमा प्रकाश, नायिकाहरु परीक्षा लिम्बू, सुब्बु गुरुङ र कलाकार सुन्दर धितालको महत्त्वपूर्ण अंश खिचिएको छ ।

३१ दिनको छायाङ्कन सक्ने योजनाका साथ निर्देशक सुबेदी छायाङ्कनमा निस्किएका हुन् । उनका अनुसार यो फिल्मको छायाङ्कन इलाम र भोजपुरका विभिन्न स्थानमा हुनेछ ।

यो फिल्ममा कलाकारहरुको बलियो आइनअप छ । फिल्ममा प्रकाश, परीक्षा, सुब्बु, सुन्दरसहित रवीन्द्र झा, प्रकाश घिमिरे, विल्सनविक्रम राई, कविता आलेलगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ ।

निर्माण पक्षका अनुसार प्रकाश र परीक्षा फिल्ममा जोडीको भूमिकामा छन् । यी दुईको यो पहिलो सहकार्य हो ।

समाजमा व्याप्त अमानवीय व्यवहार र जातीय भेदभावविरुद्धको कथामा यस फिल्म बन्ने निर्देशक सुबेदीको दाबी छ ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईं हुन् ।

चलचित्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ५८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित