उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक हस्तान्तरण « Khabarhub

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक हस्तान्तरण


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङस्थित भीमगिठे माध्यमिक विद्यालयको विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमरबहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाशकुमार सिंहले संयुक्तरूपमा विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा आज हस्तान्तरण गरे।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीलगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग अन्य सहयोगी संरचनासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको थियो ।

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख, बडिगाड गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरेका थिए ।

नवनिर्मित संरचना विद्यालयका विद्यार्थीलाई शिक्षा प्रदान गर्न उपयोगी हुनेछ । साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने बताइएको छ ।

उक्त विद्यालय सन् १९५८ मा स्थापना भई सन् १९६८ मा निम्न माध्यमिक विद्यालयका रूपमा स्तरोन्नति भएको हो । पछि सन् १९८८ मा यो विद्यालय माध्यमिक तहमा स्तरोन्नत भएको विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरू अध्ययनरत छन् जसमा ५४ प्रतिशत छात्रा रहेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : १९ बजे

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका