शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने | Khabarhub Khabarhub

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने अति विपन्न तथा गरिब परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लामा एकद्वार प्रणालीमार्फत मानवीय सहायता वितरण गर्ने निर्णय गरेको छ । प्रजिअ अर्यालले सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त हुने कम्बललगायतका राहत सामग्री वितरण कार्यलाई वस्तुपरक पारदर्शी, व्यवस्थित र आवश्यकता केन्द्रित बनाउन एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने जानकारी दिए ।

सर्वपक्षीय बैठकले पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । जसको सदस्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत सदस्य रहनेछन् ।

त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, नेपाल रेडक्रम सोसाईटीका सदस्य तथा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष सदस्य रहने गरी क्विक रेस्पोन्स टिम गठन गरेको हो । जिल्लामा विभिन्न निकायसँग हालसम्म दुई हजार ५० थान कम्बल मौज्दात रहेको बताइएको छ ।

नेपाली सेनासँग मौज्दात रहेको छ सय थान कम्बल रहेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले चार सय थान, नेपाल रेडक्रम सोसाइटीले एक सय पाँच थान र नेपाली युवा उद्यमी मञ्चले चार सय थान र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले पाँच सय थान उपलब्ध गराउने बताइएको छ ।

बैठकले शीतलहरबाट बच्नको लागि राहत सामग्री वितरण गर्न चाहने सङ्घ संस्थालाई जिल्ला विपद् व्यवस्थापन र ‘क्विक रेस्पोन्स टिम’ सँग समन्वय गरेर वितरण गर्न अनुरोध गरेको छ ।

बैठकले सङ्घ संस्थारप्रतिष्ठानबाट कम्बल बाहेकका अन्य राहत सामग्रीमा बालबालिकाले प्रयोग गर्ने जुत्ता, टोपी, मोजा अन्य सामग्री उपलब्ध गराउन पनि अनुरोध गरेको छ । बैठकले स्थानीय तहले वितरण गर्ने राहत सामग्रीसमेत ‘क्विक रेस्पोन्स टिम’ लाई जानकारी गराएर मात्र वितरण गर्न सम्बन्धित पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : २१ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

टप टी-२० सिरिज : आज मेलबर्नसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय