नेपालले थाइल्याण्डसँग खेल्दै, सान्त्वना जितको अपेक्षा « Khabarhub

त्रिदेशीय महिला टी-२०

नेपालले थाइल्याण्डसँग खेल्दै, सान्त्वना जितको अपेक्षा


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ। पाहुना टोली थाइल्याण्डका लागिसमेत उपाधिका लागि आज नेपाललाई हराउनै पर्ने दबाब छ। पाँच खेल खेलिसकेको थाइल्याडले एक खेल गुमाएर आठ अंक बनाएको छ। तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सलेसमेत समान आठ अंक बनाएकाले थाइल्याण्डका लागि नेपालसँगको खेल जित्नै पर्ने दबाब छ।

यसअघिका दुई भेटमा नेपालमाथि जित निकालेको थाइल्याण्ड उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालसँगको पहिलो भेटमा चार विकेटले विजयी भएको थाइल्याण्ड दोस्रो भेटमा पाँच रनले जित निकाल्न सफल भएको थियो।

घरेलु मैदानमा नेपालले भने खाता खोल्नै सकेको छैन। पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो। पाँचौ खेलमा कमजोर देखिएको नेपाल नेदरल्याड्ससँग १० विकेटले पराजित भयो। आजको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ।

नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा केही महत्त्वपूर्ण अवसर गुमाउँदा जितका लागि संघर्ष गर्नु परेको हो। बलिङ राम्रो हुँदा ब्याटिङमा कमजोर देखिएको नेपाल अहिले आफ्नै मैदानमा पहिलो जितका लागि संघर्ष गरिरहेको छ।

प्रतियोगितामा थाइल्याण्ड र नेदरल्याण्ड्सको समान आठआठ अंक छ। रनरेटका आधारमा थाइल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्याण्ड दोस्रो स्थानमा छ। नेपाल भने अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ७ : ०३ बजे

‘आबाट आमा’को सिक्वेलको वैशाखमा सुटिङ, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि